Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

योङ कम्युनिष्ट लिग वाइसिएल गोरखाद्धारा स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्यन्य वितरण


1.5K
Shares

योङ कम्युनिष्ट लिग वाइसिएल गोरखाद्धारा स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्यन्य वितरण

गोरखा, २५ माघ । नेकपा माओवादीको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखाले संगठनको ४३ औँ स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्यन्य वितरण गरेको छ ।

वाइसिएल भिमसेन थापा गाउँपालिका पार्टी समितिले गाउँपालिकाको वडा नम्बर ३ स्थित लक्ष्मी नारायण धाम बुढीगण्डकी बृद्धाश्रमा रहेका अशक्त असाहाय जेष्ठनागरिकलाई खाद्यान्य एवं सरसफाइका सामग्री वितरण गरेको हो ।

खाद्यसामगी वितरण कार्यक्रममा वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठ, सचिव रिजन विश्वकर्मा, नेकपा माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष विनोद पाण्डे, उपाध्यक्ष मदन शाक्य माओवादी केन्द्रका नेता शेषनाथ भट्टराईलगायतको सहभागिता रहेको वाइसिएल भीमसेन थापा गाउँपालिका समितिका अध्यक्ष नविन लामिछानेले जानकारी दिनुभयो ।

उक्त बृद्धाश्रममा १३ जना जेष्ठनागरिकहरुले आश्रय लिदै आएका छन् । आश्रम व्यवस्थापन समितिका महासचिव बालकृष्ण लामिछानेले वाइसिएलले स्थापना दिवसको अवसरमा अशक्त, असाहाय जेष्ठ नागरिकलाई गरेको सहयोग प्रसंसनिय रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology