Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा १० हजार २६८ किशोरीलाई एचपीभी खोप लगाइदै : कुन पालिका कतिलाई लगाइदैछ खोप ?


1.7K
Shares

गोरखामा १० हजार २६८ किशोरीलाई एचपीभी खोप लगाइदै :  कुन पालिका कतिलाई  लगाइदैछ खोप ?

गोरखा, १८ माघ । गोरखा जिल्ला भित्रका १० हजार २ सय ६८ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि एचपीभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले जिल्लाका ११ वटै पालिका भित्रका किशोरीहरुलाई एचपीभी खोप लगाइने जानकारी दिनुभयो ।

खोप कार्यक्रम सञ्चालनका लागि सवै पालिकामा स्वास्थ्यकर्मी तथा खोपकर्ताहरुलाई अभिमुखीकरण तालिम प्रदान गरि सकिएको उहाँले बताउनुभयो । निरीक्षक दानीका अनुसार अजिरकोट गाउँपालिकामा ५ सय ३६ जना, आरुघाट गाउँपालिका १ हजार २ जना, गण्डकी गाउँपालिकामा ७ सय ६५ जनालाई एचपीभी खोप लगाइने छ ।

त्यस्तै चुमनुब्री गाउँपालिकामा १ सय ५५ जना, धार्चे गाउँपालिका ६ सय ७७, पालुङ्टार नगरपालिकामा १ हजार ५ सय ५८ जना, भिमसेन थापा गाउँपालिकामा ७ सय १२ जना, बारपाक सुलिकोटमा ९ सय ८५ जना, सहिद लखन गाउँपालिकामा ५ सय ८१ जना किशोरीलाई खोप लगाइनेछ ।

उहाँले सिरानचोक गाउँपालिका ७ सय २४ जना, गोरखा नगरपालिकामा २ हजार ५ सय ७३ जनालाई एचपीभी लगाइने जानकारी दिनुभयो । गोरखा जिल्लामा यहीँ माघ २२ र २३ गते खोप अभियान सञ्चालन हुनेछ ।

अभियानमा जिल्ला भित्रका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई खोप लगाइनेछ । ‘‘ अभियान अन्र्तगत १० देखि १४ बर्ष उमेर समुहका किशोरीलाई लक्षित गरेर अभियान सञ्चालन गरिनेछ, उहाँले भन्नुभयो, ‘‘अभियानका लागि १ सय ९६ खोप केन्द्र निर्धारण गरिएको छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology