Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखा सदरमुकामको बन क्षेत्रबाट अवैध काठ सहित २ जना पक्राउ


1.6K
Shares

गोरखा सदरमुकामको बन क्षेत्रबाट अवैध काठ सहित २ जना पक्राउ

गोरखा, १६ माघ । गोरखा प्रहरीले सदरमुकाम नजिकैको जंगलबाट अबैध काठ र २ जनालाई नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका–८ को थाकलडाँडा स्थित सामुदायिक बनबाट गोरखा प्रहरीले १२ गोलीयाँ काठ सहित ट्याक्टर, त्यसका चालक र काठ लाने ब्यत्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त सामुदायिक बन भित्र अवैध सल्लोको काठ फाँडानी भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठ, काठ लान प्रयोग गरीएको ट्याक्टर, त्यसको चालक र काठ लाने ब्यत्तीलाई नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी शर्माले दिएको जानकारी अनुसार ग। १ त ४५४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ । प्रहरीले ट्याक्टर चालक गोरखा नगरपालिका–९ बस्ने बर्ष २० को सुजन सिर्मल र काठ लाने ब्यत्ती गोरखा नगरपालिका–८ का बर्ष ६१ को सुकमान सार्कीलाई पक्राउ गरेको छ ।

मंगलबार दिउसो १ बजे नियन्त्रणमा लिएको ट्याक्टर, काठ र पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागी प्रहरीले डिभिजन बन कार्यालय गोरखालाई बुझाएको पनि सूचना अधिकारी शर्माले बताउनुभयो ।

यता डिभिजन बन कार्यालय गोरखाका डिभिजन बन कार्यालयका कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यका अनुसार बरामद भएको १२ थान गोलियाँ मध्ये ११ थान सल्लो भएको र १ थान बकाइनो भएको पुष्टी गर्नुभयो ।

उहाँका अनुसार प्रहरीले हिजै न्यायिक जाँचकालागी कार्यालयमा बुझाएका दुवै जनालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology