गोरखा, १५माघ । गोरखास्थित बुढीगण्डकी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । गोरखाको आरुघाट गाउँपालिका वडा नं।९ आरुघाट बजार बस्ने ६९ बर्षया बिष्णु श्रेष्ठ नदीमा हामफाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी ध्रुब प्रशाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार भिमसेन थापा गाउँपालिका वडा नं।३ स्टुन खोलाको दोभानबाट बुढीगण्डकी नदीमा हाम फाली श्रेष्ठ बेपत्ता भएका हुन् । घटनाका विषयमा थप अनुसन्धान सहित खोजी कार्य जारी रहेको जिल्ल प्रहरीका कार्यलय गोरखाले जनाएको छ ।