गोरखा, १५ माघ । प्रेस सेन्टर नेपाल गोरखाशाखाले स्थापना दिवसको अवसरमा सदरमुकाममा रहेको एक बिद्यालयमा खाद्यान्न र स्टेशनरी सहयोग गरेको छ ।
आफ्नो २१ औं स्थापनको दिवसको अवसरमा सदरमुकाममा रहेको गोरखनाथ बैदिक गुरुकुल आवासिय बिद्यालय खाद्यान्न र स्टेशनरी सहयोग उपलब्ध गराएको अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिद्यालयको आवश्यता अनुसार खाद्यान्न र स्टेशनरी बितरण गरीएको हो । पदाधिकारीहरु सहितको उपस्थितीमा बिद्यालयमा पुगेका प्रेस सेन्टरको समूहले मकै, दाल, साबुन तथा बिद्यार्थीहरुकोलागी आवश्यक स्टेशनरी बितरण गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

विभिन्न जिल्लाबाट आएर गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सरकारी सहयोग नहुदा खाना र स्टेशनरीमा समस्या हुदै आएको छ ।