Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

सर्व सुलभ उपचारकालागी जेसिज र मेडिहेल्थ क्लिनिक बिच समझदारी


2.4K
Shares

सर्व सुलभ उपचारकालागी जेसिज र मेडिहेल्थ क्लिनिक बिच समझदारी

गोरखा, १५ माघ । जेसिजमा आबद्व भएका सदस्य र तिनका परिवारलाई सर्व सुलभ उपचारकालागी स्थानिय मेडिहेल्थ क्लिनिक बिच सम्झौता भएको छ ।

गोरखा सदरमुकाममा रहेको संगम मेडिहेल्थ क्लिनिक र गोरखा जेसिज बिच आफ्ना सदस्य र परिवारको उपचारकालागी सम्झौता भएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार एक कार्यक्रम बिच क्लिनिक र गोरखा जेसिज बिच सम्झौता भएको हो । सम्झौता अनुसार गोरखा जेसिजका सदस्यहरु, पूवए अध्यक्षहरु र उनीहरुका परिवारकालागी क्लिनिकमा सेवा लिदा २५ प्रतिशत छुट दिने सहमती भएको छ ।

क्लिनिकका सञ्चालक संगमबावु श्रेष्ठ र जेसिजका अध्यक्ष गुरुङले हस्ताक्षर गरेको पत्रमा ओपिडी, सामान्य स्वास्थ्य जाँच, ल्याब परिक्षण तथा परामर्श सेवामा जेसिजका सदस्यहरु, पूवए अध्यक्षहरु र उनीहरुका परिवारले छुट पाउने छन् ।

सम्झौता अनुसार यही माघ १४ गतेबाट लागु भएर आगामी २०८२ साल मंसिर २९ गतेसम्म जेसिजका सदस्यहरु, पूवए अध्यक्षहरु र उनीहरुका परिवारले २५ प्रतिशत छुट पाउने क्लिनिकका सञ्चालक श्रेष्ठले बताउनुभयो । उपचारमा छुट पाउनकालागी गोरखा जेसिजले जारी गरेको परिचय पत्र वा सिफारीस हुनुपर्ने शर्तमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology