Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा ३२ जना किशोरीहरुलाई एच.पि.भि खोप लगाइने


2.2K
Shares

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा ३२ जना किशोरीहरुलाई एच.पि.भि खोप लगाइने

गोरखा, १४ माघ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा ३२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । वडा भित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा लक्षित गरी यही माघ २२ गतेबाट गाउँपालिकाले खोप अभियान संचालन गर्दै छ ।

अभियानको लागी सिरानचोक गाउँपालिकाको वडा नम्बर २ स्वास्थ्य शाखाले आज सोमबार वडा खोप समन्वय समिति बिद्यलय शिक्षक र स्वयमसेविकाहरुलाई एच.पि.भि खोप सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ । कार्यक्रममा सहजिकरण गर्दै थालाजुङ स्वास्थ्य चौकीका सुचना अधिकारी नबराज श्रेष्ठले खोप अभियान संचालन हुने जानकारी दिनुभयो ।

खोप अभियानमा छुटेकाहरुले भने माघ २४ गते चोरकाटे आधारभुत स्वाथ्य केन्द्र आएर खोप लगाउन सक्ने थालाजुङ स्वास्थ्य चौकीका सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्ष प्रदेशस्तरीय खोप अभियान सञ्चालन गरिएको थियो । यो वर्ष भने सबैको पहुँच पु¥याउनका लागी संघ, प्रदेश र स्थानीय तीनै तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology