गोरखा, १४ माघ । रेडियो मनासलु १०३.९ मेगाहर्जका प्रबन्धक अमृत वि.क नेपाल दलित पत्रकार संघ गण्डकी प्रदेश समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिेबशनबाट उहाँ संघको प्रदेश समिति सदस्यमा निर्वाचित हुनुभएको हो ।
विगत १५ बर्ष देखि सञ्चार क्षेत्रमा जोडिनु भएका वि.क प्रेस सेन्टर नेपाल गोरखाको जिल्ला समितिको सहसचिवसमेत हुनुहुन्छ ।