Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा दुई दिने निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने


3.2K
Shares

गोरखामा दुई दिने निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने

गोरखा, १३ माघ । गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालमा २ दिने निःशुल्क मुटु जाँच शिविर हुने भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा यही माघ २५ र २६ गते निःशुल्क जाँच शिविर हुने भएको हो । क्लबले आज पत्रकार सम्मेलन गर्दै २ दिनको लागि निःशुल्क जाँच शिविर राखिएकोले सबैलाई जाँच गराउन अनुरोध समेत गरेको छ ।

शिविरका संयोजक किशोरजंङ थापाले पत्रकार सम्मेलनमा जाँच पछी शल्यक्रिया गर्नुपरेको खण्डमासमेत निःशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यो शिविरबाट स्कुले बच्चाहरुमा त्यस्ता समस्या भएको पाइएमा र नेपालमा उपचार संभव नभएका खण्डमा भारतमा लगेर पनि निःशुल्क उपचार गराएर ल्याउने क्लबको ब्यवस्था मिलाएको बताउनुभयो ।

भारतमा उपचारको लागि जादा भने बिरामी र बिरामीका १ जनालाई समेत जाने र आउने निःशुल्क ब्यवस्था मिलाईएको संयोजक थापाले जानकारी दिनुभयो । २ दिनसम्म चल्ने जाँच शिविरमा मुटुरोग बिशेषज्ञ डा.अनिल भट्टराइको नेतृत्व २५ जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहभागी हुनेछ ।

रोटरी क्बल अफ गोरखाको आयोजना हुने शिविर सञ्चालनका लागि यसपटक सम्भव नेपाल नामक संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । केही बर्षदेदि सेभ द हर्टले क्लबसंग समन्वय गरेर निःशुल्क जाँचका साथै शल्यक्रिया गर्दै आएको छ । बर्षेनी शिविरको आयोजना गर्दै आएको क्लब र गोरखा अस्पताल बिच अस्पताल भित्रै हर्ट क्लिनिक स्थापना गर्ने बिषयमा समेत सम्झौता भई सकेको छ ।

यो शिविरमा विगतका बर्षहरुमा जाँच गराएको औषधी खाएका तथा पुनः चेक जाँच गराउनु पर्नेहरु तथा मुटु जाँच गराउन चाहनेहरुले शिविरबाट फाइदा लिन सक्ने संयोजक थापाले बताउनुभयो । उक्त शिविरमा चिकित्सकहरु स्वयंम सेवकका रुपमा आउने भएकाले खाना, आवास र यातायातमा मात्रै क्लबको करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ ।

बिरामी जाँचपछि औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्नेछ । गतबर्ष स्कुलका बिद्यार्थीहरु बाहेक करिब २ हजार जनाले शिविरबाट सेवा लिएकोले यसपटक पनि सोही अनुपातमा मुटु जाँच गराउने अनुमान गरिएको । क्लबले गएको बर्षसम्ममा क्लबले आयोजना गरेको शिविरमार्फत अहिलेसम्म करिब ५० हजार बढीसेवा लिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology