Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

शहिद लखन गाउँपालिका – ७ मा ११५ जना किशोरीहरुलाई एच.पि.भि खोप लगाइने


1.3K
Shares

शहिद लखन गाउँपालिका – ७ मा ११५ जना किशोरीहरुलाई एच.पि.भि खोप लगाइने

गोरखा, १३ माघ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा ११५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ ।

वडा भित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा लक्षित गरी यही माघ २२ गतेबाट गाउँपालिकाले खोप अभियान संचालन गर्दै छ । अभियानको लागी शहिद लखन गाउँपालिकाको वडा नम्बर ७ स्वास्थ्य शाखाले आज आईतबार वडा खोप समन्वय समिति बिद्यलय शिक्षक र स्वयमसेविकाहरुलाई एच.पि.भि खोप सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ ।

कार्यक्रममा सहजिकरण गर्दै बुङकोट स्वास्थ्य चौकीका प्रमुख बिमला पुलामीले खोप अभियान संचालन हुने बताउनुभयो । खोप अभियानमा छुटेकाहरुले भने माघ २५ गते गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकमा आएर खोप लगाउन सक्ने बुङकोट स्वास्थ्य चौकीले जनाएको छ । खोप अभियान संचालनका लागि वडा भित्र ३ वटा खोप केन्द्र रहने छन् ।

अघिल्लो वर्ष प्रदेशस्तरीय खोप अभियान सञ्चालन गरिएको थियो । यो वर्ष भने सबैको पहुँच पु¥याउनका लागी संघ, प्रदेश र स्थानीय तीनै तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology