गोरखा, १२ माघ । गोरखामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका वडा नम्बर –४ धावा बटडाँडामा ५५ वर्षीय पोष्टबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज शनिवार दिउँसो १२ बजे आफ्नै घर पछाडिको बरको रुखबाट लडेर लामिछानेको घटनास्थलम मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।