Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पासवर्ड दुरुपयोग गरेको आरोपमा गोरखाका पाण्डे सहित २ जना पक्राउ


3.9K
Shares

पासवर्ड दुरुपयोग गरेको आरोपमा गोरखाका पाण्डे सहित २ जना पक्राउ

गोरखा, १२ माघ । ‘पासवर्ड’ दुरुपयोग गरेर भाटभटेनीको कर दायित्व हुने गरी राजस्व कर प्रणाली सफ्टवेयरमा रकम हेरफेर गरेको आरोपमा सीआईबीद्वारा गोरखाका १ जना सहित २ जना युवाहरु पक्राउ गरेको छ ।

पक्राउ परेका गोरखा भीमसेन थापा गाउँपालिका–४ का परिन पाण्डेगोरखा भीमसेन थापा गाउँपालिका–४ का परिन पाण्डे र पर्वत बिहादी गाउँपालिका–३ का सन्तोष पराजुलीले ६ करोड ८२ लाख ६५ हजार ५९० रुपैयाँ बढी कर दायित्व पुर्‍याइदिएको खुलासा भएको हो ।

आन्तरिक राजस्व विभागमा आबद्ध भाटभटेनी सुपरमार्केटले प्रयोग गर्ने ‘युजर नेम’ र ‘पासवर्ड’ दुरुपयोग गरेर ति युवाहरुले ६ करोडको करलाई १३ करोड बनाएका थिए ।

उनीहरूले पुसको राजस्व रकममा ६ करोड ८२ लाख ६५ हजार ५९० रुपैयाँ बढी कर दायित्व हुने गरी राजस्व कर प्रणालीको सफ्टवेयरमा रकम हेरफेर गरेको प्रहरीको भनाइ छ । ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्व आरोपित २ जनाले दोब्बर बनाइदिएका थिए ।

‘कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८ सय १६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रुपैयाँ बनाइएको थियो,’ उहँँले भन्नुभयो ।

पर्वतको बिहादी–३ का पराजुली र गोरखाको भीमसेन थापा–४ का पाण्डे हाल चितवनको भरतपुर–११ मा बस्दै आएका थिए । उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित ‘बिहादी बिजनेस म्यानेजमेन्ट’ नामक अडिट फर्मबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ । बिजनेस म्यानेजमेन्ट कम्पनी लेखासम्बन्धी काम गर्ने संस्था हो । सीआईबीले संस्थाका सञ्चालकहरूको समेत खोजी गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology