गोरखा, ११ माघ ः गोरखामा कुँवामा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ बर्षकी बृद्धा कृष्णामाया कामी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
करिब ५ फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना विहीबार भएको प्रहरीको भनाई छ । घटनापछि मृतकको शव उद्धार गरी पोष्टमार्टमपछि अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको उहाँले बताउनुभयो ।
परिवारका सदस्यले मृतक मानसिक रोगको बिरामी भएको जानकारी गराएको शर्माको भनाई छ । मानसिक रोगको समस्या भएकाले कामीले कुँवा डुवेर आत्माहत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।