Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

उत्तरी गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट, ११ गाईगोरु मरे


2.6K
Shares

उत्तरी गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट, ११ गाईगोरु मरे

गोरखा, १० माघ : आगलागीबाट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आज तीन घर जलेर पूर्ण क्षति भएको छ । साँझको समयमा स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर आगलागीबाट जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

खाना पकाउने चुल्होमा बलिरहेको आगो घर बाहिर फाल्न प्रयोग भएको फलामको पाइपमा सल्किएर अचानक आगलागी भएको उहाँले बताउनुभयो । आगलागीबाट छिरिङको दुईवटा कच्ची घर, भुकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो ।

त्यस्तै एक घरको भुई तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाई छ । सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त भएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology