Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नवौँ गोरखाकाली कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुने


945
Shares

नवौँ गोरखाकाली कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुने

गोरखा, १० माघ । गोरखा जिल्लाकै सर्वाधिक राशी रहेको नवौँ गोरखाकाली कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी क्लबले आयोजना गर्दै आएको जिल्लाकै सर्वाधिक राशी रहेको फुटबल प्रतियोगिता गोरखा सदरमुकामको खेलकुद मैदानमा हुने आयोजकले  सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलन गर्दै संस्थाका महासचिव किरण ढकालले नवौँ संस्करण आउदो फागुन ७ गतेबाट सुरु भएर १४ गते समापन हुने जानकारी दिनुभयो ।

विंस २०७० सालदेखि सुरु भएको प्रतियोगितामा यसपटक भने उपाधि बिजेताले रु ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपबिजेताले २ लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

खेल अबधिभर सर्वोउत्कृट खेलाडीलाई रु २५ हजार, सवोत्कृष्ट गोल रक्षकलाई रु १५ हजार, उत्कृष्ठ गोलकर्तालाई रु १५ हजार, प्रतियोगिताको सवैभन्दा अनुशासित टिमलाई रु ३५ हजार, उदयमान खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिने महसचिव ढकालले बताउनुभयो ।

प्रतियोगिता अन्र्तगत नकआउट चरणमा खेल खेलाइने उहाँले बताउनुभयो । जिल्ला भित्र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएका हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology