Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा नगरपालिकाका बिभिन्न वडाका ५३ जना आज माओवादी केन्द्रमा प्रवेश


9.2K
Shares

गोरखा नगरपालिकाका बिभिन्न वडाका ५३ जना आज माओवादी केन्द्रमा प्रवेश

गोरखा, ७ माघ । गोरखा नगरपालिकाका बिभिन्न वडाका ५३ जना नेपाली काग्रेसलगायतका अन्य पार्टीका नेता कार्य कार्यकर्ता आज माओवादी केन्द्र प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा आउनु भएको बेला कट्टेल डाँडामा आज आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरुलाई पार्टी प्रवेश गराइएको माओवादी केन्द्र गोरखा नगरपार्टी समितिका अध्यक्ष रामहरी केसीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले विश्राम कुवँर,धनबहादुर कुवँर, अब्दुर करिम मियाँ,नासिर मियाँ,रिवल बहादुर सुनुवार लगायत दजनौं सामाजिक व्यक्तित्वलाई खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology