Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखमा घाँटी रेटी हत्या गरिएका पाठकको शव परिक्षणका लागि काठमाडौ पठाईयो


6.9K
Shares

गोरखमा घाँटी रेटी हत्या गरिएका पाठकको शव परिक्षणका लागि काठमाडौ पठाईयो

गोरखा, ४ माघ । गोरखा सदरमुकाममा हिजो फेला परेको शवको प्रहरी घाँटी रेटीएको तथ्य फेला पारेको छ । घटना गंभिर किसिमको भएकोभन्दै गोरखा प्रहरीले शवलाई राजधानी पठाउने तयारी गरेको छ ।

शव नजिकैबाट प्रहरीले रगतमा लतपतीको खुकुरी समेत फेला पारेपछी मृत्तक ब्यत्तीलाई कसैले खुकुरीले रेटी हत्या गरेको आशंकामा शव राजधानीको टिचिङ अस्पतालमा मोष्टमार्टम गर्न पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–६ छहरेका ८५ बर्षिय तोप बहादुर पाठक बिहीबार बिहान घर नजिकै घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । बिहान ५ः३० बजे घरबाट निश्किएका उनलाई ९ः४० बजे गंभिर अवस्थामा बारीको कुनामा रगलमा लतपतीको अवस्थामा प्रहरी उद्वार गरी उपचारको लागि अस्पताल पुर्याएका थिए ।

उपचारमा संलग्न गोरखा अस्पतालमा चिकित्सकहरुले पाठकलाई बिहान १०ः३० बजे मृत्त घोषित गरेको सूचना अधिकारी शर्माले बताउनुभयो । पाठक घर नजिकै रहेको काँडाघाँरी भन्ने स्थानमा गंभिर घाईते अवस्थामा फेला परेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरीले घटना स्थलबाट खुकुरी सहित उनीको टोपी समेत फेला पारेको जनाएको छ । प्रहरीले पाठकको हत्या भएको आशंकामा अनुसन्धानलाई तिब्र पारेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक बाशु देव पाठकले बताउनुभयो ।

उहाँले अनुसन्धानलाई विभिन्न कोणबाट हेरीएको र शुष्म अनुसन्धान गरी रहेको बताउनुभएको छ । मृक्तक पाठकको शरिरको ५ स्थानमा खुकुरीले काँटेको देखिएको र खुकुरीमा रगत देखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology