गोरखा, ४ माघ । गोरखामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १० हजार भन्दाबढी किशोरीहरुमा एचपिभी खोप लगाइने भएको छ ।
जिल्ला भित्र यहीँ माघ २२ गतेबाट सञ्चालन गर्न लागिएको खोप अभियानका क्रममा १० हजार १ सय ६८ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले जानकारी दिनुभयो ।
अयिभान अन्र्तगत जिल्लाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई खोप लगाइने उहाँको भनाई छ । खोप अभियान दुईदिनसम्म सञ्चालन हुनेछ ।
अभियानमा १० देखि १४ बर्षसम्म उमेर समुहका किशोरीहरुलाई सहभागी गराइनेछ । अभियान सञ्चालनका लागि जिल्ला भित्र १ सय ९६ खोप केन्द्र निर्धारण गरिएको छ भने अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी एवं स्वयमसेवकहरुलाई अभिमुखीकरण तालिमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
अभियान अन्र्तगत गोरखा नगरपालिका भित्र मात्र २ हजार ५ सय ७३ जना किशोरी खोप लगाइनेछ ।