Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट गोरखपुरसम्मको दोस्रो ‘खिचडी यात्रा’ आजबाट सुरु


1.6K
Shares

गोरखाबाट गोरखपुरसम्मको दोस्रो ‘खिचडी यात्रा’ आजबाट सुरु

गोरखा, २८ पुस । गोरखाबाट भारतको गोरखपुरमा रहेको गोरखनाथसम्मको ‘खिचडी यात्रा’ सुरु भएको छ । गोरखा नगरपालिका र होटल ब्यवसायी संघ गोरखाको समन्वयमा राष्ट्रिय गौ संरक्षण संघ गोरखाले ‘खिचडी यात्रा’को आयोजना गरेको अध्यक्ष होम सिं बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार यो यात्रा दोस्रो पटक आयोजना गरीएको हो ।

दुई देशविचको परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गने तथा गोरखामा धार्मिक पर्यटन भित्र्याउन यात्राको आयोजना गरीको अध्यक्ष बस्नेतले बताउनुभयो ।

परापूर्व कालमा पनि गोरखाको गोरखनाथबाट भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पु¥याउने परम्परा थियो । पछिल्लो समय उक्त कार्य रोकिएकोले पुनः थालनी गरेर उत्तर प्रदेश र गोरखा बिचको धार्मिक सम्बन्ध अझै बलियो बनानउ उद्वेश्य रहेको पनि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

गोरखाबाट गएको खिचडीमा गाईको ध्यू, चामल र दाल काँचो रहेको छ । परम्परा अनुसार गोरखपुरको गोरखनाथमा यहाँको खिचडी पहिलो पटक पकाएर गुरु गोरखनाथलाई प्रसादको रुपमा चढाएपछी मात्र अन्य स्थानको खिचडी चढ्ने गर्दछ ।

खिचडी यात्राको नेतृत्व लिएको बस्नेत संग गोरखा नगरपालिकाका केही वडाध्यक्षका सहित ६० जनाले गोरखपुरसम्मको यात्रा तय गर्ने छन् । सो टोली भोली सोमबार दिउसो १ बजेसम्म गोरखपुर पुग्ने छन् ।

गोरखाबाट लगेको खिचडी गोरखपुरको गोरखनाथमा चढाएपछी यात्रामा गएका सबै जना मंगलबार गोरखा फर्कने कार्यक्रम रहेको राष्ट्रिय गौ संरक्षण संघ गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology