Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा मझुवाको डिजिटल बोर्ड ह्याक


2.3K
Shares

गोरखा मझुवाको डिजिटल बोर्ड ह्याक

गोरखा, २८ पुस । गोरखाको प्रवेश द्वारमा रहेको मझुवा देउरालीको डिजिटल बोर्ड ह्याक भएको छ । ह्याकरले बोर्ड ह्याक गरे ‘आई लभ यु अन्जली’ बनाएर छाडी दिएको छ ।

गोरखा नगरपालिकाले राखेको उक्त बोर्ड गए रातीदेखी ह्याक गरे ‘आई लभ यु अन्जली’ लेखेपछी अहिले केही बेर अगाडी मात्र बार्ड बन्द गरीएको गोरखा नगरपालिका आईटी अधिकृत सुयोग खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गए रातीदेखी बोर्ड ह्याक भएको सूचना प्राप्त भएता पनि केही बेर अगाडी मात्र उक्त बोर्डमा जाने पावर सप्लाई बन्द गरिएको छ ।

सडक किनारमा राखिएको उक्त बोर्डमा गोरखा सम्वन्धी सूचनाहरु दिने गरीएको थियो । यस्तैगरी सडक किनारामा राखिएको बुटवलका बोर्ड ह्याक गरेपछी गोरखा समेत अछुतो रहन सकेन ।

बार्डमा रहेको सामान्य चिप्समा ह्याकरले पहुच पुर्याएर ह्याक गरेको आईटी अधिकृत खनालले बताउनुभयो । खनालका अनुसार बार्ड बनाउने काम सुरु भएकोले साँझसम्म पुरानै अवस्थामा आउने र सूचना दिन थालिने पनि छ । गोरखा सदरमुकाममा रहेको बार्ड भने ह्याक भएको छैन । उक्त बोर्ड राजधानीको एक कम्पनीले जडान गरेको अधिकारी खनालले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology