काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । धुम्बाराहीमा आइतबार दिउँसो सुरू केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी छन् । यसअघि पासाङ पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए ।
पुनस् राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ ।
पूर्वउपराष्ट्रपति पुनलाई माओवादीमा भूमिका दिने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र पदाधिकारीहरू सहमत भइसकेका थिए । यद्यपि केन्द्रीय कमिटीबाट अनुमोदन गर्न बाँकी छ।
केन्द्रीय कमिटीको आइतबारको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् भने राजनीतिक प्रतिवेदन पनि पेस हुनेछ । साथै प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।