Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

भीमसेन गाउँपालिकामा हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने पशु आहारा उत्पादन गरिने


2.3K
Shares

भीमसेन गाउँपालिकामा हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने पशु आहारा उत्पादन गरिने

गोरखा, १७ पुस । गोरखाको भीमसेन गाउँपालिकामा हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा उत्पादन गरिने भएको छ ।

सहुलियत दरमा उत्पादन गरी पालिका भित्रका किसानलाई उपलब्ध गराउने उद्देश्यले साइलेज पिट निमार्ण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका र प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तिय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी आठ लाखको लागतमा साइलेज उत्पादन सुरु गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि गाउँपालिकाले साइलेज पिट निमार्ण गर्न लागिएको हो । सुख्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले यसको लागी साइलेज पिट निमार्ण गरी सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा इच्छूक कृषि तथा पशुपन्छी फर्म÷ कृषक समूह÷कृषक सहकारीहरुले आवश्यक कागजातहरु कार्यक्रम सञ्चालन गर्ने स्थानलगायतका काजगातसहित निवदेनका लागि आवहन गरेको छ ।

प्रस्ताव पेश गर्दा कृषक समूह÷कृषक सहकारीहरुले समुह र सहकारीको हकमा कार्य समिति बैठकले कार्यक्रम माग गर्नको लागि गरेको निर्णयको प्रतिलिपि, संक्षिप्त ब्यवसायिक कार्ययोजना, पशु बस्तुको बिमा पोलिसिको प्रतिलिपि समेत पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology