Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा मंकीपक्स समुदायमा फैलिने जोखिम कति ?


1.1K
Shares

नेपालमा मंकीपक्स समुदायमा फैलिने जोखिम कति ?

काठमाडौ, १६ पुस । नेपालमा मंकीपक्स अर्थात् एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ ।

हुन त एमपक्स भाइरस नेपालमा भित्रिने जोखिम सन् २०२२ मा अफ्रिकी महादेशबाट युरोप लगायत विश्वभरि फैलिंदा नै थियो । तर एमपक्स फैलिने क्रममा कमी देखिंदै जाँदा नेपालमा पनि यसको जोखिममा कमी महसुस भएको देखिन्छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क निष्क्रिय प्राय देखिएकोबाट पनि देखिन्छ ।

केही समयअघि सन् २०२४ मै एमपक्सको लहर देखिएसँगै विश्व स्वस्थ संगठनले दोस्रो पटक जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो दोस्रो आपतकालको अन्त अधिकारिक रुपमा हालसम्म घोषणा पनि गरेको छैन ।
एमपक्स भाइरसलाई क्लाड १ र २ गरी दुई भागमा वर्गीकरण गरिएको छ । क्लाड १ तुलनात्मक रुपमा क्लाड २ भन्दा बढी घातक मानिन्छ । सन् २०२२ मा क्लाड २ फैलिएको देखिए पनि पछिल्लो समय क्लाड २ फैलिएको देखिन्छ । नेपालमा हाल साउदी अरबबाट कुन क्लाड भित्रिएको हो भन्ने सार्वजनिक भइसकेको छैन ।

नेपालीका लागि मध्यपूर्वका देशहरु रोजगारीको प्रमुख गन्तव्य हुन् । दैनिक सयौं व्यक्ति साउदी अरब, यूएई, कतार जस्ता देशमा गइरहेका छन् । ती देशबाट फर्किने पनि उत्तिकै देखिन्छन् । मानिसको ठूलो आवतजावतबाट एक देशमा देखिएकोरफैलिएको संक्रमण अर्को देशमा पुग्न सक्ने सम्भावना उत्तिकै प्रबल रहने गर्छ । साउदी अरब, यूएई, कतारमा एमपक्स संक्रमण पुष्टि भइसकेको छ ।

त्यहाँ रोजगारीको सिलसिलामा पुगेकाहरुको भेटघाट पनि बाक्लो हुने वा एकै कोठामा धेरै जना रहने हुँदा एमपक्स संक्रमण एकअर्कामा सर्न सक्ने जोखिम उच्च हुन्छ । विशेषगरी एमपक्स संक्रमण पहिचान हुन ढिलो भएमा धेरै मानिस एकै ठाउँमा काम गर्दा वा सँगै बस्दा सर्ने सम्भावना बढी हुन्छ । दोस्रो एमपक्स पुष्टि बिरामीमा पनि संक्रमण धेरै जनासँग एकैठाउँ बस्दा सरेको उनको भनाइबाट बुझ्न सकिन्छ । उनीसँगै एकै भवनमा अरु थप ४० भन्दा बढी बस्ने गरेको उनले सुनाएका थिए ।

झण्डै १७ वर्षदेखि एकै कम्पनी काम गर्दै आएका सो संक्रमित व्यक्ति यो भन्दा अगाडि कहिल्यै बिरामी नभएको बताएका थिए । ती बिरामीमा संक्रमण सरेको अवस्थालाई आधार मान्ने हो भने नेपालमा भित्रिरहेको अवस्था छ भने समुदायमा पनि सहजै फैलिन सक्ने देखिन्छ ।

माथि उल्लेख गरे झैं मध्यपूर्वका देशमा वार्षिक लाखौं मानिसको आवतजावत हुने र संक्रमित सबै स्वास्थकर्मीको सम्पर्कमा नआउने सम्भावनाले समुदायमा एमपक्स संक्रमण फैलिन सक्ने जोखिमलाई नजरअन्दाज गर्न सकिंदैन । यदि संक्रमित व्यक्तिमा संक्रमण भएको तर लक्षण देखिन बाँकी ९इन्कुभेसन अवधिमा० भएको अवस्थामा नेपाल भित्रिने अनि समुदायमा फैलन सक्ने सम्भावना प्रबल देखिन्छ ।

अझ धेरै जना एमपक्ससँग ठेउला हो कि भनी झुक्किने हुँदा अरुलाई सार्न सक्ने सम्भावना थप बढेर जाने देखिन्छ । दोस्रो एमपक्स पुष्टि बिरामीले पनि पहिले आफूमा देखिएको पानीफोकालाई ठेउला भनी शंका गरेर बसेका थिए । त्यसैले विदेश खासगरी एमपक्स देखिएको देश वा ठाउँबाट आएका र आएको २१ दिनभित्र शरीरमा पानीफोका देखिए नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा सम्पर्क गर्ने वा गर्न प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology