Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जेसिजको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित


1.1K
Shares

गोरखा जेसिजको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित

गोरखा, १६ पुस । गोरखा जेसिजनको ४४औ अधिबेशन बाट बर्ष २०२५ को लागि अध्यक्षमा सुमन गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
जेसिजहरुको गोरखा सदरमुकाममा भएको भेलाले गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत पुष्कर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदरमुकामको जेसिज सचिवालयमा भएको भेलाले कार्यकारी उपाध्यक्षमा जिवन थापा र रचन परिवार चयन गरेको छ ।

त्यस्तैगरी उपाध्यक्षहरुमा सनौक घिमिरे, सन्जोक मास्के, युनिक अर्याल र सन्देश खत्री सर्व सम्मत रुपमा चयन गरेको हो । सोही भेलाले सह–सचिवमा श्याम आले मगर र सह–कोषाध्यक्षमा सन्दिप ढकाललाई चयन गरेको छ । गोरखा जेसिजले बार्षिक रुपमा आफ्नो नियमित काम सहित स्वास्थ्य र शिक्षा तथा सामाजिक काममा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology