गोरखा, १५ पुस । आज ‘तमु ल्होसार’ । यो वर्ष गिद्ध वर्गको विदाइ र सर्प वर्गको ‘सप्री ल्हो’ स्वागत गरेर तमु ल्होसार मनाइदैछ । गुरुङ समुदायले नयाँ वर्षको रूपमा ल्होसार मनाउछन् । गुरुङ बाहुल्यता रहेका गण्डकी प्रदेशका गोरखा,तनहुँ, लमजुङ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भएका छन् ।

श्री बौद्धनाथ गुम्बा बिकास संस्थाको आयोजनमा शहिदलखन गाउँपालिका ७ बुङ्कोट मकैपुरमा शेरबहादुरको गुरुङको अध्यक्षचामा बिभिन्न कार्यक्रम गरी गुरुङ समुदायका धार्मिक गुरुबाट ग्रह शान्तिसँगै शुभकामना आदनप्रदान गरिने गरी ल्होसारको मनाईएको वडा नम्बर का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । ल्होसारको अवसरमा गुरूङ संस्कृतिमा आधारित नित्यहरु प्रस्तुत भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा जनजाति माहसंघका अध्यक्ष दिनेश गुरुङ, वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ,टोबबिकास संस्थाका अध्यक्ष समाजसेवी बुद्धिजिवी लगायतले स्वागत मन्तब्य राखेका थिए ।