Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा नगरपालिका र सिद्धार्थनगर नगरपालिका बीच अनुभव आदान प्रदान


749
Shares

गोरखा नगरपालिका र सिद्धार्थनगर नगरपालिका बीच अनुभव आदान प्रदान

गोरखा, १५ पुस । गोरखाको गोरखा नगरपालिका र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बीच असल अभ्यासको अनुभव आदान प्रदान भएको छ । गोरखा नगरपालिकाबाट पुगेको नगरपालिका उपप्रमुख मसलीमाया थोकरसहितको नेतृत्वको टोलीलाई आज सिद्धार्थनगर नगरपालिकामा स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षिय हितका बिषयमा छलफल भएको हो ।

सो अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदान गरिएको गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो ।

उहाँले दुवै नगरपालिका धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएको बताउनुभयो ।

उपप्रमुख थोकरले दुवै नगरपालिकाले आ–आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा दुवै नगरपालिकाको सहकार्य बढी फलदायी हुनसक्ने बताउनुभयो ।

सोही अवसरमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरले हरेक नगरपलिकाले गरेका सकारात्मक कामको अनुसरण गरेर अगाडी बढ्ने बताउँदै अनुभव आदान प्रदानलेनै भौतिक, सामजिक एवं मानवीय, बिकासका काम प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology