Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ


1.1K
Shares

जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ

काठमाडौं,१४ पुस । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology