गोरखा, १२ पुस । गोरखा जिल्ला भित्रका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच छलफल हिजो सम्पन्न भएको छ । नागरिकको सूचनाको हकको ग्यारेन्टी गर्दै सूचना लिन दिन सहजता प्रदान गर्ने उद्देस्यसहित जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा आज छलफल तथा अन्तरक्रियाको आयोजना गरिएको कार्यालयका सूचना अधिकारी एवं साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वरालले जानकारी दिनुभयो ।
संविधानमा उल्लेखित सूचनाको हक र राष्ट्रिय सूचना आयोगले निर्देशित गरेको अधिकार अनुसार सवै कार्यालयले नागरिकले खोजेका बेला सूचना अनिवार्य दिनुपर्ने व्यवस्था अनुरुप कार्यालय त्रैमासिक रुपमा समिक्षा र छलफलका लागि कार्यक्रम गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला भित्रका बिभिन्न सरकारी कार्यालयका सूचना अधिकारी एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले चालु आर्थिक बर्षको प्रथम चौमासिक एवं अर्धबार्षिक अवधीमा कार्यलयले गरेको आर्थिक, भौतिक प्रगतीलगायतका बिषयमा सूचनाहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले कानुन बमोजिम दिन सकिने सूचनाहरु खुशी भएर दिनसक्नु पर्नेमा बताउनुभयो । ‘उहाँले लोकतान्त्रिक प्रक्रियाको मूल उद्देस्य नै कानुनको शासन एवं सुशासन भएकाले सुशासन प्रवद्र्धनका लागि हरेक नागरिकले जान्न पाउने र थाहा पाउने अधिकारको सुनिश्चित गर्नुपर्नेमा जोडदिनुभयो ।
बैठकले जिल्लास्थित सरकारी कार्यालयको वेवसाइट, सामाजिक सञ्जालमा बढीभन्दा बढी अपलोड गर्ने, सरोकारवालको पहुँचमा पुग्ने गरी अध्यावधिक गर्ने कार्यलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । बैठकमा जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।