Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाबुछोरा हत्या प्रकरण- जेठा छोरा प्रहरी नियन्त्रणमा


2.3K
Shares

बाबुछोरा हत्या प्रकरण- जेठा छोरा प्रहरी नियन्त्रणमा

काठमाडौं,९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका(२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले बतायो । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ । गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर बालकोटस्थित आफ्नो डेरा कोठामा सुतेका थिए ।

उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर, आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology