Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँको आँबुखैरेनीमा ईट्टा बोकेरको ट्रक दुर्घटना हुदा चालक र सहचालकको मृत्यु


2.3K
Shares

तनहुँको आँबुखैरेनीमा ईट्टा बोकेरको ट्रक दुर्घटना हुदा चालक र सहचालकको मृत्यु

 

गोरखा, ९ पुस । तनहुँको आँबुखैरेनीमा बिहान भएको ट्रक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ट्रकका चालक र सह–चालक भएको ईलाका प्रहरी कार्यालय, आँबुखैरेनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा चालक उदयपुर जिल्ला बेलटार–१ का भेषराज पराजुली र सह–चालक रौतहट चन्द्रनिगाहपुर–४ का विजय विश्वकर्मा भएको प्रनि सुवोदीले बताउनुभयो ।

दुवै जनाको घटना स्थलमा नै ज्यान गएको हो । पृथ्वी राजमार्ग अन्तरर्गतको याम्पा आँधिखोलामा मंगलबार बिहान ८ः३५ बजेको रौतहटबाट ईट्टा लिएर आएको प्रदेश २ को ०३–००१ ख २४४८ नम्बरको ट्रक टुर्घटनामा परेको हो ।

सोही ट्रकले च्यापिएका चालक र सह–चालकलाई निकाल्न क्रेनको प्रयोग गरिएको पनि प्रनि सुवेदीले जानकारी दिए । दुवैको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल दमौली पठाइएको छ । ट्रक दुर्घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology