Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा अस्पतालको ओपिडी भोली आधादिन मात्र खुल्ने


1.8K
Shares

गोरखा अस्पतालको ओपिडी भोली आधादिन मात्र खुल्ने

गोरखा, ९ पुस । सदरमुकाममा रहेको गोरखा अस्पताल भोली आधादिन मात्र खुल्ने भएको छ । बुधबार क्रिश्चिन समुदायको क्रिसमस डे मा परेको सार्वजनिक बिदाका कारण आधादिन मात्र खुल्ने भएको हो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै ‘पौष १० गते बुधबार क्रिसमस–डे को बिदा भएकोले सोही दिनमा यस अस्पतालको ओपिडी सेवा आधा दिन खुल्ला रहने छ’ भनिएको छ ।

आधा दिन अन्तरर्गत बुधबार जिल्ला अस्पतालको ओपिडी दिउसो १ बजेसम्म खुल्ला रहने छ । उक्त दिनका लागी अस्पतालमा आउने बिरामीहरुले बिहान ११ बजेसम्म टिकट काटी सक्नुपर्ने छ ।

जारी सूचनामा ‘टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउसो १ बजेसम्म सेवा हुने’ भन्दै ‘इमर्जेन्सी र अन्तरंग सेवा २४ सै घण्टा यथावत चालु रहने’ भनिएको छ ।

सार्वजनिक बिदामा ओपिडी सेवा बन्द हुने भएता पनि बिरामीहरुको चाप हुनसक्ने भन्दै अस्पताल प्रशासनले आधा दिन मात्र बहिरंग सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology