Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ठगी आरोपमा गोरखा च्याङलीका कुमाल सहित २ जना पक्राउ


1.1K
Shares

ठगी आरोपमा गोरखा च्याङलीका  कुमाल सहित २ जना पक्राउ

गोरखा, ९ पुस । ठगी आरोपमा गोरखाका १ जना युवक सहित २ जनालाई प्रहरीले संघिय राजधानीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ च्याङली घर भएका किशान कुमाल र खोटाङको दिप्रुङग चुईचुम्मा गाउँपालिका–२ ओख्रे घर भएका युवक खड्का भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल टेकुले पुष्टी गरेको हो ।

पक्राउ परेका दुवै जनाले बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोप लागेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका कुमाल र खड्का पछिल्लो समय राजधानीको टोखाको ग्रिनल्याण्डमा बस्दै आएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका किशानले ४ जनालाई इजरायल पठाइदिन्छु भन्दै ३३ लाख ५० हजार रुपैयाँले युवकले १ जनालाई मलेशिया पठाइदिन्छु भनेर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल टेकु जानकारी दिएको छ ।

प्रहरीले किशानलाई टेकुबाट र युवकलाई रत्नपार्कबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि बैदेशिक रोजगार बिभाग ताहाचलमा बुझाएको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल टेकुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology