गोरखा, ८ पुस : गोरखा नगरपालिका गोरखाले नगरबासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि बिभिन्न सेवा निःशुल्क रुपमा उपलब्ध गराउन थालेको छ । नगरपालिकाले जन्मदेखि मृत्युसम्मको सेवा’ कार्यक्रम अन्र्तगत बच्चा जन्माउनका लागि गर्भवतीलाई अस्पताल लाने ल्याउनेदेखि नगरबासीको मृत्युसंस्कारमा अत्येष्टीका लागिसमेत निःशुल्क सेवा उपलब्ध गराउन थालेको हो ।
‘‘हरेक नगरबासी गर्भवतीलाई बच्चा जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ, नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘‘नगरबासी कसैको निधन भएमा अन्त्येष्टीका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’’
नगरबासीलाई आधारभूत स्वास्थ्य उपचारसमेत नगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । ‘‘गोरखा अस्पतालमा उपचारका लागि पुगेका नगरबासीको टिकटको शुल्क पनि नगरपालिकाले नै तिरिदिन्छ, उहाँले भन्नुभयो, ‘‘सोही टिकटबाट १८ प्रकारका ल्याव सेवा, ९८ प्रकारका स्वास्थ्य उपचारसेवा र उपचारका लागि अस्पताल भर्ना हुन परेमा ‘बेड’ शुल्कसमेत नगरपालिकाले तिरिदिने व्यवस्था गर्दै आएको छ ।’’
नगरपालिकाले उपलब्ध गराउँदै आएको सेवा लिन बिरामीले अस्पताल जाँदा नागरिकता लिएर गए पुग्ने व्यवस्था गरिएको उहाँको भनाई छ । त्यस्तै नगरपालिकाले गोरखा अस्पतालमा आयुर्वेदिक उपचार सेवासमेत सञ्चालन ल्याएको छ । ‘‘आयुर्वेदिक पद्धतीबाट उपचार गर्न चाहाने नगरपालिका भित्रका बिरामीले गोरखा अस्पतालमा निःशुल्क सेवा लिन सक्नेछन् ।’’ नगरप्रमुख रानामगरले भन्नुभयो ।
नगरपालिकाले गोरखा लायन्स सेवा केन्द्रसंग पनि समन्वय गरेर नगरबासीलाई आँखाको उपचार तथा मोतियाविन्दुको शल्यक्रिया निशुल्क रुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ । ‘‘मोतियाविन्दुको एउटा शल्यक्रिया गर्न ५० हजारदेखि १ लाखसम्म खर्च व्यर्होनुपर्ने अवस्था थियो, उहाँले भन्नुभयो, ‘‘अहिले नगरबासीले मोतियाविन्दुको शल्यक्रियादेखि औषधी, चस्मालगायत निःशुल्क पाउने व्यवस्था गरिएको छ ।’’
नगरप्रमुख रानामगरले गर्भवतीलाई सुुत्केरी गराउन गोरखा अस्पतालसम्म पु¥याउने सुत्केरी गराएर घरसम्म ल्याउनका लागि एम्बुलेन्स सेवा पनि नगरपालिकाले उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । गोरखा अस्पतालबाट रिफर गरेर अन्यत्र लैजानुपर्ने अवस्थामा समेत नगरपालिकाले निःशुल्क सेवा दिने उहाँको भनाई छ ।
त्यस्तै नगरपालिका भित्रका अत्यन्तै शसक्त, गरिव र कमजोर आर्थिक अवस्था भएकालाई उपचारका लागि बढीमा १० हजारसम्म नगदै दिने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाले नगरबासीको मृत्यु भएमा अन्त्येष्टीका लागि रामशाह घाटमा निःशुल्क दाउराको व्यवस्थापनि गर्दै आएको छ ।
‘‘मुस्लिम समुदायको पनि बसोबास रहेको नगरपालिका भएकाले मुस्लिम समुदायका व्यक्तिको निधन भएका मुत्यु संस्कारका निशुल्क रुपमा के गर्ने भन्ने बारेमा पनि सोचिरहेका छौ, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘‘गुरुङ, तामाङलगायतका अन्य समुदायका लागि मुत्यु संस्कारमा गर्नुपर्ने सहयोगपनि नगरपालिकाले गर्छ, ।’’
जन्मका लागि एम्बुलेन्समा राखेर अस्पतालसम्म पु¥याइदिने, जन्मेपछि एम्बुलेन्समा राखेर घरसम्म पनि ल्याइदिने, बिरामी परेका बेला आधारभूत स्वास्थ्य उपचारसेवा निःशुल्क उपलब्ध गराइदिनेदेखि मृत्यु हुँदा मृत्यु संस्कारमा दिने सेवासुविधासमेत नगरपालिकाले नगरबासीलाई दिदैँ आएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।