Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बलात्कार आरोपमा गोरखा छोप्राकका नेपाली पक्राउ


2.5K
Shares

बलात्कार आरोपमा गोरखा छोप्राकका नेपाली पक्राउ

गोरखा, ८ पुस । गोरखा छोप्राकका बिक्रम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले १ जना २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।

गोरखा जिल्ला सिरानचोक गाउँपालिका–४ छोप्राक घर भएका नेपालीलाई प्रहरीले पोखरा महानगरपालिका–१३ को काहुँखोलाबाट पक्राउ गरेको हो ।

पिडित महिलाले प्रहरीमा उजुरी दिएलगत्तै २० बर्षका नेपालीलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरीको टोलीले पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

नेपाली पछिल्लो समय काँहुँखोलामा नै बस्ने गरेको पनि प्रहरीले जनाएको छ । पिडित महिलाले नेपाली सहित २ जनाले आफुलाई जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् । अर्का १ जना भने फरार रहेको र उनको खोजी भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपाली बिरुद्व जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्तागरी आवश्यक अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology