Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुस ६ गते आजको तपाईको राशीफल कस्तो छ ? हेर्नुहोस् !


1.1K
Shares

पुस ६ गते आजको तपाईको राशीफल कस्तो  छ ? हेर्नुहोस् !

गोरखा, ६ पुस :  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले काममा हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुस्ख पाइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनग्य धन सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिस्थितिले अलमल्याउन सक्छ, वादविवादमा अघि नसर्नुहोला। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा काम बन्नेछ, शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
माहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। नियमविपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जामार्फत धन जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology