Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा मास्के सर्वसम्मत चयन


2K
Shares

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा मास्के सर्वसम्मत चयन

गोरखा, ४ पुस । गोरखा उद्योग बाणिज्य संघ गोरखाको १७ औं अधिबेशनबाट निर्वाचित कार्यसमितिका लागि पदाधिकार तथा कार्यसमितिका सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

संघको यहीँ मङसिर ५ गते हुन लागेको ४९ औं बार्षिक साधारणसभा तथा १७ अधिबेशनका लागि आज भएको मनोनयन दर्ता क्रममा सवै पद सर्वसम्मत भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो ।

अधिबेशनका लागि अध्यक्षमा भगवान बाबु मास्के, बरिष्ठ उपाध्यक्षमा अस्मक बाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबाबु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुवँर, सचिवमा शरण श्रेष्ठको उमेद्वारी सर्वसम्मत बनेको उहाँले बताउनुभयो ।

त्यस्तै सहकोषाध्यक्षमा बसन्त बस्नेत, महिला सदस्यमा सुशिला श्रेष्ठ, बस्तुगत तर्फको सदस्यमा पर्ववहादुर बिश्वकर्मा, सदस्य एसोसियट तर्फ बिक्रम बस्नेतको उमेद्वारी पनि सर्वसम्मत भएको छ ।

अन्य सदस्यहरु तर्फ प्रदिप खनाल, पुस्कल अर्याल, कर्णबहादुर गुरुङ, दीपक कुमार श्रेष्ठ, ‘अनु’, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइरालाको उमेद्वारी समेत सर्वसम्मत भएको दुवाडीले बताउनुभयो ।

तीन बर्षे कार्यकालका लागि संघले नयाँ नेतृत्व चयन गर्न लागेको छ । अव विधान अनुसार अध्यक्षले १ जना र कार्यसमिति सदस्यले थप १ गरी दुई जना सदस्य मनोनित गरिने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology