Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बिहेको विषयमा विवाद भएपछि प्रेमीले नै गरेका थिए प्रेमीकाको हत्या


4.1K
Shares

बिहेको विषयमा विवाद भएपछि प्रेमीले नै गरेका थिए प्रेमीकाको हत्या

जनकपुरधाम, ३ पुस । महोत्तरीको बर्दिवास नगरपालिका(५ स्थित टुटेश्वर जंगलमा २३ असोजमा मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिनुभयो ।

महोत्तरी गाउँपालिका–४ की अनुको शव जंगलमा असोज २३ गते भेटिए पनि सनाखत भएको थिएन । उनको सनाखत एक सातापछि असोज २८ गते बुबाले गरेका थिए ।

प्रहरीका अनुसार अनु र मन्दीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । दुवै जनाले विवाह गर्ने वाचा गरी असोज २२ गते टुटेश्वर मन्दिर गएका थिए । तर, टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाहको विषयमा दुवै जनाबीच विवाद भएको थियो । त्यस क्रममा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरी फरार भएको स्वीकार गरेको डिएसपी जयसवारले बताउनुभयो ।

मन्दीपलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology