Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

चालु आ.बमा पहिलो र दोस्रो योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान


924
Shares

चालु आ.बमा पहिलो र दोस्रो योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान

गोरखा, २७ मङ्सिर :  सहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटले गाउँपालिकाबाट स्विकृत चालु आर्थिक बर्षको योजना तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धबार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता समितिलाई सम्मान गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उपभोक्ता समिति गठन गरी पहिलो र दोस्रो पटक काम सम्पन गर्न सफल समितिलाई सम्मान गरेको उहाँको भनाई छ ।

यसबर्ष गाउँपालिकाबाट स्विकृत योजना तथा कार्यक्रम मध्ये बनकाली गरन्जा गाउँ हुदैँ सुसारे गाउँ सडकस्तरोन्ती योजना उपभोत्ता समितिले वडामा पहिलोपटक योजना सम्पन गरी रकम भुक्तानी लिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मास्की छाप भुपु सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समितिले वडामा योजना सम्पन्न गरी भुक्तानी लिने दोस्रो उपभोक्ता समितिको रुपमा सम्मानित भएको छ । वडा कार्यालयले वडाको सामाजिक तथा विकास निर्माणको काममा योगदान पुर्याएकाले उपभोक्ता समितिलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology