Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बारपाककी घलेको हत्या आरोपी पक्राउ


1.3K
Shares

बारपाककी घलेको हत्या आरोपी पक्राउ

गोरखा, २६ मङ्सिर । गोरखा बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी घर भएकी १८ बर्षकी सुचिना घलेको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रहरीले सोही ठाउँका ४२ बर्षका मनशम्जेर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङले बलात्कार प्रयास गर्दा युवतीले प्रतिकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँको भनाई छ । ‘‘जंगलमा घाँस काटन् गएका बेला अघिपछि रहेकी युवतीलाई आरोपित गुरुङले शारिरिक सम्पर्कका लागि प्रस्ताव गरेको र नमानेकाले जवरजस्ती गर्दा चिच्चाएर गुहार मागेपछि हत्या भएको खुल्न आएको छ, एसपी पाठकले भन्नुभयो,‘‘ महिलाको मुखमा गोबर मिसिएको माटो र घाँस कोचेर अचेत बनाएर हत्या गरेको पाइएको छ ।’’

हत्यापछि घलेको शव हत्या भएको स्थानबाट झण्डै ५० मिटरमाथि रुखको जरामा एक फिट जति गहिरो खाडल खनेर डोको राखी स्याउ र माटोले पुरेको आरोपित गुरुङले व्यवस्थापन गरेका थिए । यहीँ मंङ्सिर १५ गते शनिवार विहान करिब ११ बजे जंगलमा घाँस काट्न गएकी घले घर नफिर्कएपछि खोजतलास गर्दा मङ्सिर १८ गते मैखर्कस्थित जंगलमा शव भेटिएको थियो ।

घटनास्थलमा भेटिएको टोपी र कमब्याड ड्रेसका आधारमा घटनामा संलग्नको खोजी गर्दै जाँदा उनलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । घटनामा अन्य व्यक्तिको संलग्नता भएनभएको बारे थपअनुसन्धान भइरहेको एसपी पाठकले बताउनुभयो ।

पक्राउ परेको गुरुङ बारपाककै एक नीजि स्कुलका शिक्षकसमेत रहेको खुल्न आएको छ । मृतकको काठमाडौँस्थित टिचिङ अस्पतालमा गरिएको फरेन्सि ल्यावको रिर्पोटका आधारमा बलात्कारको पुष्टी भने नभएको एसपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology