Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान


791
Shares

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली तनहुँ, २७ मङ्सिर । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।

उहाँले भन्नुभयो,“रु पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।” तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि रु एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा रु २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ ।

चालुतर्फ रु एक करोड ९१ लाख २८ हजार विनियोजन भएकोमा २२।८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट रु एक अर्ब ४० करोड १२ लाख ८० हजार विनियोजन भएकामा १४।२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयमा लैजान सक्ने अवस्था छ ।”

चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि रु १८ करोड, दमौली बिसघरे झापुटार ९सेती नदी सडक पुल०का लागि रु पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु तीन करोड, ढोरबाराही मार्ग ९साँखे थुम्कीडाँडा खण्ड० कालोपत्रका लागि रु दुई करोड ५० लाख, बुद्धसिंह मार्ग ९पहिलो खण्ड० बहुबर्षे योजनाका लागि रु दुई करोड ५० लाख, मानपुर डेडगाउँ घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर सडकका लागि रु दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि रु दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि रु दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीबँेसीका लागि रु दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि रु दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौँडा हर्कपुर मार्ग ९वनकेवा मनपाङ रानीटारी खण्ड० कालोपत्रका लागि रु दुई करोड र सिन्धु मार्गका लागि रु दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology