Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेलाको आयोजना


2.7K
Shares

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेलाको आयोजना

गोरखा २२ मङ्सिर ः गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङमा धान्य पूर्णिमाको अवसरमा अर्लाङ्दी माई मेला २०८१ लाग्ने भएको छ । वडा कार्यालय आयोजना र अर्लाङ्दी माई मन्दिर जिर्णोद्धार समितिको सहआयोनमा मन्दिर परिष्रमा यहीँ मङ्सिर २९ र ३० गते मेलाको आयोजना गरिएको वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो ।

मेलामा जातीय विशेष खाना प्रर्दशनी, जातीय विशेष नृत्य प्रर्दशनी एवं लाखे नाँच, कौडा नाँच, मारुनी नाँच र भजनको प्रस्तुतीसमेत रहने उहाँले बताउनुभयो । ‘‘स्थानीय खाना अन्र्तगत सम्यवजी, सेल रोटी, बटुक रोटी, चाम्रे, पुवा, कसार, लोकल रक्सी, कटहरको वाइनलगायतका परिकारको स्वाद चाख्न पाइनेछ ।’’ अध्यक्ष थापाले भन्नुभयो ।

सोही अवसरमा भलिवल, भाले झिक्ने खेल, छेलो हान्ने खेल, सुगुँर समाउने प्रतियोगिता र डोरी तान्ने खेलको आयोजनासमेत गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । मेलामा चर्चित कलाकारहरु सिताराम परियार, सरु थापामगर, बेलीमाया गोर्खाली, बिजय परियार, मिरा राना, बसन्त श्रेष्ठ, गोपाल थापा, राजेश थापा, मिलन थापालगायतका सांङ्गीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology