Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा नाबालिका बलात्कार आरोपमा ५५ बर्षका पुरुष पक्राउ


1.1K
Shares

गोरखामा नाबालिका बलात्कार आरोपमा ५५ बर्षका पुरुष पक्राउ

गोरखा, २० मंसिर । गोरखाको पालुङटारमा नाबालिका बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ निवासी धनबहादुर सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पिडक भनिएका सुनारले १६ बर्षिया नाबालिका ‘झ कुमारी’ लाई मंसिर १७ गते बिहान ५ः४० बजेको समयमा जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

पिडित नाबालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिए लगत्तै सुनारलाई प्रहरीले मंसिर १८ गते मंगलबार पक्राउ गरी गोरखा सदरमुकाम ल्याएर आज बुधबार जबरजस्ती करणी उद्योग कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । आरोपीत सुनारलाइ प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology