Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मतगणना आजै रातिदेखि सुरु हुने


1.4K
Shares

गोरखाको मतगणना आजै रातिदेखि सुरु हुने

गोरखा, १६ मंसिर ।  गोरखा नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदको लागी भईरहेको उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । दुई मतदान केन्द्रको तीनवटा मतदानस्थलमा अहिले मतदान जारी छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर सर्वदलिय बैठक गरी मतदान सुरु गरिने मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँले मतगणनाको पूर्व तयारी पुरुा भइसकेको बताउनुभयो । ‘मतपत्रका सबै बाकस आउनु प¥यो । भण्डारण गर्नुप¥यो । सर्वपक्षीय छलफल गर्नुप¥यो,’ रानाभाटले भन्नुभयो ।’ हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ हजार २ सय २५ मतदाता रहेको गोरखा नगरापालिका वडा नम्बर ५ मा दिउँसो २ः३० बजेसम्म दुईवटा मतदान केन्द्रमा गरी १ हजार २ सय ८० मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology