Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने गोरखाका सविन सहित ३ जना पक्राउ


2.9K
Shares

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने गोरखाका सविन सहित ३ जना पक्राउ

गोरखा, ११ मंसिर । वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा सिरानचोक गाउँपालिका–४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविनकुमार कुमाल, धादिङ ज्वालामुखी गाउँपालिका–५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ र रामेछाप उमाकुण्ड गाउँपालिका–२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढि वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology