Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मनकामना केबलकार २७ औं बर्षमा प्रवेश : सामाजिक कामदेखी रिसोर्ट सञ्चालन


2.2K
Shares

मनकामना केबलकार २७ औं बर्षमा प्रवेश : सामाजिक कामदेखी रिसोर्ट सञ्चालन

गोरखा ११ मंसिर । नेपालको पहिलो केबलकार २६ बर्ष पुरा गरेर २७ बर्षमा प्रवेश गरेको छ । २ दशक पुरा गरेर ३ दशकसम्म लाग्दा केबलकारले सामाजिक कामदेखी रिसोर्टसम्म सञ्चालनमा ल्याएको छ ।

केबलकारले सफल २६ बर्षमा आफुलाई एनालगबाट स्तरोउन्ती गरेर डिजिटल प्रणालीमा रुपान्तरण गरेको छ । स्थापना कालदेखी नै निरन्तर यात्रुको सेवामा समर्पित केबलकारले सेवा संगै मुनाफामा बृद्वि गर्दै आएको छ ।

२७ बर्ष प्रवेशको उपलक्ष्यमा एक विज्ञप्ती जारी गर्दै यो बर्षदेखी मनकामना केबलकार हाता भित्रै सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी पुरा गरेको जनाएको छ । यात्रु तथा मनकामाना आउने पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिसोर्ट सञ्चालनको अन्तिम तयारी भईरहेको बताउनुभयो । रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार गर्न हलका साथै रेष्टुरेन्टसम्मको काम अन्तिम चरणमा पुगेकाले केही समय भित्रै सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।

ब्यवसायीक रुपमा २०५५ साल मंसिर ८ गतेदेखी सञ्चालनमा आएको केबलकारले यो अवधीमा करिब २ करोड तिर्थालुलाई चितवनको चेरेशदेखी गोरखाको मनकामनासम्म लाने र ल्याउने काम गरेको छ ।

सुरुवाती बर्षहरुमा १० लाखको हाराहारीमा यात्रुले यात्रा गरेको केबलकार पछिल्लो समय १२ लाखमाथी पुगेको र यो बर्ष १३ लाख ५० हजार तिर्थयात्रीलाई केबलकारले यात्रा गराउने लक्ष्य राखेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

केबलकारले यस बिचमा प्रत्येक बर्ष सामाजिक ब्यवसायीक उत्तरदायित्व अन्रतर्गत गोरखाको शहिद लखन र चितवनको ईच्छाकामना गाउँपालिकामा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न बर्ग जातिलाई सहयोग गर्दै आएको छ । त्यस बाहेक पनि केबलकारले दुवै गाउँपालिकालाई केबलकारमा काटिएको टिकटको १–१ प्रतिशत रकम रकम दिदै आएको छ ।

बार्षिक उत्सवका अवशरमा केबलकारमा आयोजित एक कार्यक्रममा केबलकारलाई यहाँसम्म ल्याउन सहयोग गर्ने कम्पन्किा सबै तहका कर्मठ कर्मचारी मित्रहरको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यबाद ज्ञापन गर्नुका साथै पत्रकारहरुले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा श्रेष्ठले वुवा स्व।लक्ष्मणबावु श्रेष्ठ प्रति हार्दिक श्रद्वाज्जति समेत अर्पण गर्दै उनको मार्गदर्शन अनुरुप कार्य गर्दै जाने अठोट समेत ब्यत्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology