Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

करिब १ करोड ठगी गरेको आरोपमा गोरखाका १ जना पक्राउ


1.7K
Shares

करिब १ करोड ठगी गरेको आरोपमा गोरखाका १ जना पक्राउ

गोरखा, ७ मंसिर । करिब १ करोड रुपैयाँ ठगी गरेको आरोपमा गोरखा बक्राङका १ जना पुरुषलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–१ बक्राङका गोपाल थापा भएको काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

राजधानीको बवरमहलबाट पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी परिषर भद्रकाली पठाएको छ ।

थापाले नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरेको डिपोजिट स्लिप देखाएर चन्द्रागिरी नगरपालिका–२ बाड भञ्ज्याङको कित्ता नम्बर २२४ र ४९९ को जग्गा आफ्नो नाममा पास गराएका थिए ।

रकम नभएको चेक मार्फत जम्मा गरिएको उक्त स्लिपबाट कुनै पनि रकम जम्मा नभएपछि आफू पिडित भएकोभन्दै जग्गा पास गर्ने ब्यक्तिले प्रहरीमा उजुरी दिएपछि थापा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology