Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

महेन्द्र लिला मा.विद्धारा बार्षिकत्सवको अवसरमा उत्कृष्ट दुई शिक्षकलाई सम्मान


5.6K
Shares

महेन्द्र लिला मा.विद्धारा बार्षिकत्सवको अवसरमा उत्कृष्ट दुई शिक्षकलाई सम्मान

धनबहादुर तामाङ
गोरखा, २६ कात्तिक । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीस्थित महेन्द्र लिला माध्यामिक विद्यालयले आफ्नो ६२ औँ बार्षिकत्सव तथा अभिभावक दिवसको अवसर पारेर सोमबार विद्यालयका दुई जना उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ । गतबर्षको एसइई परीक्षामा उत्कृष्ठ अङक प्राप्त गर्न सफल बिषय शिक्षकको आधारमा उत्कृष्ट अध्यापन गराउने शिक्षिका सर्मिला खत्री (जि.सी) र शिक्षक तोयानाथ देबकोटालाई विद्यालयले सम्मान गरेको प्रधानध्यापक रामप्रसाद अधिकारिले बताउनुभयो ।

बार्षिकत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि उल्लेखनीय प्रयास गर्दै आएको बताउनुभयो । उहाँले महेन्द्र लिला मा.विमा विद्यालय घेराबार, शौचालय तथा खानेपानीको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विद्यालयका लागि आवश्यक आठकोठे भवनसमेत आफ्नै पालामा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले संघ प्रदेश जताजता गएर भएपनि भवन निर्माण गरि छाड्ने बताउनुभयो ।

उहाँले शैक्षिक सुधारका लागि स्थानीय सरकार, शिक्षक र विद्यालयले जस्तै अभिभावकले पनि आफ्ना बालबालिकाहरुको विशेष ख्याल गर्न सुझाव दिनुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले पालिकाले शैक्षिक सुधारका लागि शिक्षा नीति बनाइसकेको भन्दै आवश्यक कानुनहरु पनि बनाउँदै जाने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले धेरै लगानी सामुदायिक बिध्यालयमा गरेको भएपनि विद्यार्थी र अभिभावकको आकर्षण भने नीजि विद्यालयमा रहेकाले सामुदायिक विद्यालयमा कसरी आर्कषण बढाउन सकिन्छ भन्नेतर्फ ध्यान दिइरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश ढकालको अध्यक्षतामा सम्पन्न भएको बार्षिकत्सव कार्यक्रममा विद्यालयका प्रधानध्यापक अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology