Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा तर्फको त्रिशुली नदीमा बेवारिसे महिलाको शव फेला


1.9K
Shares

गोरखा तर्फको त्रिशुली नदीमा बेवारिसे महिलाको शव फेला

गोरखा, २६ कार्तिक । गोरखा तर्फको त्रिशुली नदीमा १ जना बेवारिसे महिलाको शव फेला परेको छ । शव शहिद लखन गाउँपालिका–४ को फेवाटार स्थित त्रिशुली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त शव हिजो आइतबार बिहान ११ः१० बजे फेला परेको हो । नामथर, वतन खुल्न नसकेको उक्त महिलाको उमेश २० देखी २५ वर्षको भएको अनुमान प्रहरीले गरेको छ ।

गोरखा प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरेर महिलाको शव गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालको शव गृहमा ल्याएर राखेको छ । महिलाको शव फेला परेको बारेमा देशैभरका प्रहरी यूनिटमा जानकारी गराईएको पनि सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology