गोरखा, १९ कार्तिक । नेपालकै पहिलो मनकामना केबुलकार आज बिहानैदेखी सञ्चालनमा आएको छ । तिहारको लागी २ दिन बन्द भएको केबुलकार सोमबार बिहानैदेखी सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले जनाएको हो ।
प्रालिले सूचना जारी गर्दै कार्तिक १७ शनिबार र १८ गते आइतबार तिहार बिदाको अवशरमा केबुलकार बन्द हुने जनाएको थियो ।
१७ गते गावर्धन पूजा(म्हः पूजा र १८ गते भाई टिकाको दिन बन्द रहेको १९ गते सोमबार बिहानैदेखी सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालकै प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर जाने तिर्थ यात्रीहरुको सुविधाकालागी २०५५ साल मंसिर ८ गतेदेखी मनकामना केबुलकार सञ्चालनमा आएको हो ।