Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मनकामना केबुलकार तिहारमा २ दिन बन्द हुने


1.7K
Shares

मनकामना केबुलकार तिहारमा २ दिन बन्द हुने

गोरखा, १६ कार्तिक ।  नेपालकै पहिलो मनकामना केबुलकार तिहारको लागी २ दिन बन्द हुने भएको छ । चाढपर्वमा कर्मचारीहरुलाई बिदा हुने भएपछी २ दिन बन्द गर्न लागेको हो ।

माउ संस्था मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै आउदौ कार्तिक १७ र १८ गते २ तिहार बिदाको अवशरमा केबुलकार बन्द गर्न लागेको जनाएको छ ।

१७ गते गावर्धन पूजा÷म्हः पूजा र १८ गते भाई टिकाको दिन बन्द रहने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार भाई टिकाको भोलीपल्ट कार्तिक १९ गते सोमबारबाट बिहानैदेखी सुचारु हुने छ । नेपालकै प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर जाने तिर्थ यात्रीहरुको सुविधाकालागी २०५५ साल मंसिर ८ गतेदेखी मनकामना केबुलकार सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology